Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकद्धारा महिला उद्यमीहरुलाई सम्मानित

२०७९ कार्तिक २४ गते

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंकले २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको छ । बैंकले लघु बैंकिङ् अन्तर्गत विभिन्न कृषि, पशुपालन तथा साना साना उद्यमहरु संचालन गरिरहेका उत्कृष्ट २६४ जना महिला उद्यमीहरुलाई सम्मान गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७९/०८० मा आफ्नो कार्यक्षेत्र भित्रका ५० वटा स्थानहरुमा बैंकको लघु बैंकिङ्ग कार्यक्रममा आबद्ध सदस्यहरुलाई केन्द्रगोष्ठी तथा वित्तीय साक्षरता कायक्रम आयोजना गरेको थियो । उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान तथा उनीहरुलाई आफ्नो व्यवसाय विस्तार तथा व्यवस्थापन गर्नका लागि वित्तीय ज्ञान र वित्तीय प्रणालीको बारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त कार्यक्रममा महिला सशक्तिकरण, वित्तीय ज्ञान र देश विकासको प्रमुख आधार, कृषीमा ब्यवसायिक सुधार भन्ने अभियानलाई प्राथमिकतामा राखी मुक्तिनाथ कृषी कम्पनीका अधिकारीहरुको उपस्थितिमा स्थानिय किसानहरुको समस्या सुन्ने, समस्या समाधान गर्ने र कृषी पेशालाई सम्मानित पेशाको रुपमा विकास गर्ने उपायहरु सिकाउने कार्य पनि भएको थियो ।