Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ब्याजदर वृद्धिको विरोधमा कालो कपडा लगाएर प्रदर्शन

२०७९ कार्तिक २३ गते

बैंकिङ खबर/ बैंकको चर्का ब्याजरदरविरुद्ध मोरङका उद्योगी व्यवसायीले कालो कपडा लगाएर सडकमा प्रदर्शन गरेका छन् ।

मनोमानी रुपमा बैंकले चर्को ब्याजरदर बढाएको गुनासो गर्दै चुनावको मुखमा मोरङका उद्योगी व्यावसायी सडक संघर्षमा उत्रिएका हुन् । आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीले तत्काल बढेको ब्याजदर फिर्ता गर्न माग गरे ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसघंले बुधबार निकालेको जुलुसले बजार परिक्रमा गर्दै नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो ।

बैंकहरुले लिने चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिले उद्योग, व्यवसाय धारासायी बनेको उनीहरुको भनाइ छ । चर्को ब्याजदरबारे सरकारको ध्याकर्षण गराउन प्रदर्शन गरिएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । प्रदर्शनमा उद्योगी व्यापारीसँगै सर्वसाधारण पनि सहभागी थिए ।