Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पैसा नभएको बैंकको चेक काट्ने पक्राउ

२०७९ कार्तिक २२ गते

बैंकिङ खबर/ पैसा नभएको बैंकको चेक काट्ने बर्दिया गुलरियाका नगरपालिका १२ बस्ने ईदु साई पक्राउ परेका छन् । मंगलबार साई लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला बर्दिया गुलरिया नगरपालिका–०६ बाट पक्राउ परेको हुन् ।

उच्च अदालत पाटनले उनलाई बैशाख ४ गते बैंकिङ कसुर मुद्दामा ४ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तोकिएको जरिवाना तिर्न नसकेपछि उनलाई सम्मानित बर्दिया जिल्ला अदालतको आदेशमा कारागार कार्यालय बर्दियामा पठाइएको छ ।