Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

डलर साट्ने बहानामा ठगी

२०७९ कार्तिक २१ गते

बैंकिङ खबर/वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट आएका व्यक्तिलाई डलर साट्ने बाहनामा ठगी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंको नयाँ बसपार्कबाट दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा गुल्मी ईस्मा गाउँपालिका–६ घर भइ हाल काठमाडौं नयाँबसपार्क बस्ने ३३ वर्षीय प्रदिप कुमाल र सोही ठाउँ बस्ने ३४ वर्षीय दिपक कुमाल रहेका छन्।

ओमनबाट आएका व्यक्ति घर जाने क्रममा नयाँबसपार्कमा बसको प्रतिक्षा गरिरहेको अवस्थामा उनीहरूले डलर साट्ने बाहना पारी ठगी गर्ने नियतले ललाई फकाई गरिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

उनीहरूको साथबाट पैसाको आकारमा रहेको कागजको बिटो तथा नेपाली १२ हजार रूपैयाँ प्रहरीले बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।