Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराईज क्यापिटलले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

२०७९ कार्तिक २० गते

बैंकिङ खबर/ सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा संचालित सनराईज क्यापिटल लिमिटेडले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । क्यापिटलले अलफ्ट होटल ठमेलमा साधारणसभा सम्पन्न गरेको हो ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका प्रस्तावहरुमा आ.व. २०७८र०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व.२०७९/ ०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित भएको क्याटिलले जनाएको छ । साथै, आ.व. २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हो ।