Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता हुने

२०७९ कार्तिक १७ गते

बैंकिङ खबर/ लक्ष्मी बैंकको आयोजनामा खुल्ला गल्फ प्रतियोगिता हुने भएको छ। आगामी शनिबार गोकर्ण गल्फ क्लबमा प्रतियोगिता हुने भएको हो। सन् २०१४ देखि हुँदै आएको प्रतियोगिताको यो सातौँ संस्करण हो।

बफोर्ड फरम्याटमा प्रतियोगिता हुनेछ। जसमा सयभन्दा बढी महिला तथा पुरुष खेलाडीले भाग लिनेछन्। सिनियरतर्फ ६० र त्यसमाथि तथा जुनियरतर्फ १७ र त्यसमुनि उमेरका प्रतियोगी हुनेछन्। विभिन्न विधामा विजेता, रनर अप, बेस्ट ग्रस, महिला विजेता, सिनियर विजेता, सिनियर रनरअप, विनर गेस्ट क्याटेगोरी, जुनियर विनर, लंगेस्ट ड्राइभलगायतमा पुरस्कृत गरिनेछ।