Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

निर्वाचन नजिकिएसँगै नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय

२०७९ कार्तिक १६ गते

बैंकिङ खबर/आम निर्वाचन नजिकिएसँगै सिमावर्ती क्षेत्रमा नेपाली जाली नोट (नक्कली नोट) को कारोबार गर्ने गिरोह सक्रिय भएको छ । निर्वाचनका बेला आर्थिक कारोबार उच्च हुने र यही मौकामा जाली नोटको कारोबार गर्न सकिने योजनाका साथ जाली नोट कारोबारी सक्रिय रहेको प्रशासनले जनाएको छ । सुनसरी र मोरङका सिमावर्ती बजारहरूमा ५ सय र एक हजार दरका जाली नोटहरु फेला परिरहेका छन् ।

विराटनगर र सुनसरीको सिमावर्ती बजारहरुमा यस्ता नोट भेटिएको प्रहरीले जनाएको छ। जाली नोटको कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीको देवानगञ्ज गाँउपालिकालबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट ६ थान एक हजार रुपैयाँ दरको जाली नोट बरामद भएपछि प्रहरीले मुद्दा चलाएको छ। विराटनगरमा भने ५ सय दरको जाली नोट फेला परेको हो।

६ वटा एक हजार दरका जाली नोटसहित देवानगञ्ज २ का रविन्द्र कुमार मेहता, श्यामदेव मेहता र एक जना नावालकलाई प्रहरीले पक्राउ गरेको थियो। असोजको अन्तिम साता पक्राउ परेका मध्ये श्यामदेव मेहतालाई पूर्पक्षको लागि जेल चलान गरिएको छ ।