Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एटीएम फोडेर फरार ३ जना पक्राउ

२०७९ कार्तिक १५ गते

बैंकिङ खबर/ एटीएम तोडफोड गरी रकम चोरी गर्न खोज्ने तीनजना पक्राउ परेका छन्। कात्तिक ४ गते राति साढे १२ बजे ललितपुर महानगरपालिका ५ कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटीएमको ढोका फोडर रकम चोरीको प्रयास गरेका थिए। एटीएम तोडफोडमा संलग्नलाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी सुधिरराज शाहीले जानकारी दिनुभयो ।

एटीएम फोडेर उनीहरु फरार भएका थिए। बैंकको सीसीटीभी फुटेजका आधारमा एटीएम तोडफोडमा संलग्नको पहिचान गरी प्रहरीले पक्राउ गरेको हो।  पक्राउ पर्नेमा नुवाकोट वेलकोटगढी नगरपालिका ३ घर भई हाल ललितपुरको ग्वार्को बस्ने ३१ वर्षीय वशन्त तिवारी, सोही ठाउँ घर भई सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरीको धरान उपमहानगरपालिका १५ भानुचोक घर भई सुन्धारा बस्ने ३५ वर्षीय अनिल राई पक्राउ परेका हुन्।