Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सन्दीप लामिछानेको बैंक खाता रोक्का गर्न माग

२०७९ कार्तिक १४ गते

बैंकिङ खबर/ बलात्कार आरोपमा अदालतमा मुद्दा दर्ता भएपछि क्रिकेटर सन्दीप लामिछानेको सम्पत्ति रोक्का गर्न माग गरिएको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मुद्दा दर्ता गर्दै उनको नाममा रहेका दुई वटा जग्गा र बैंक खाता रोक्का राख्न माग गरेको हो।  लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर ७ स्थित कित्ता नं ६९२८ को १८४।१७ बर्गमिटर जग्गा रोक्का राख्न माग गरिएको हो।

यस्तै कल्याणपुर ७ कै ११७०.३५ बर्गमिटर क्षेत्रफल रहेको कित्ता नं ६९३० पनि रोक्का राख्न माग गरिएको छ। उनको बैंक खाता पनि रोक्का राख्न पनि माग गरिएको छ। एनआईसी एसिया बैंकमा उनको खातामा रहेका ६५ हजार २९८ रुपैयाँ रोक्का राख्न अदालत समक्ष अनुरोध गरिएको छ। क्षतिपूर्ति प्रयोजनका लागि उनको सम्पत्ति र खाता रोक्का राख्न माग गरिएको हो।