Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकको विशेष योजनाः मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा

२०७९ कार्तिक ६ गते

बैंकिङ खबर/ कुमारी बैंकले जीवन बीमा सुविधासहितको कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ। सो योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बिमा सुविधा निःशुल्क प्रदान गर्नेछ। यस योजना अन्तर्गत ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्नसक्नेछन्।

यस योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्युतम ५० हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन्। सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बीमा सुबिधा प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोही अवधिमा मुद्दती रकममा दुई देखि १० गुणासम्म प्राप्त गर्न सक्नेछन्। यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनी रहेको छ।

मुद्दती निक्षेप तथा जीवन बीमा दुवै सुरक्षित आर्थिक भविष्यको महत्वपूर्ण साधनका रुपमा मानिदै आएका छन्। कुमारी बैंकले पहिलो पटक यी दुई महत्वपूर्ण साधनहरुलाई एउटै योजनामा आवद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ।