Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

शोधानान्तर स्थितिमा सुधार

२०७९ कार्तिक ४ गते

बैंकिङ खबर/ शोधानान्तर चालु आर्थिक वर्षको दुई महिनामा २३ अर्ब ६८ करोडले घाटामा गएको छ । देशबाट भित्रनेभन्दा बाहिरिने रकम बढी भएपछि शोधानान्तर घाटामा जाने गर्छ । अघिल्लो वर्षको दुई महिनाको तुलनामा शोधानान्तर स्थितिमा भने केही सुधार भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दुई महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षकोभन्दा आयात घटेको तथा रेमिट्यान्स बढेका कारण शोधानान्तर घाटा कम भएको हो ।

अघिल्लो वर्ष दुई महिनामा ९४ अर्ब ८० करोडले शोधानान्तर घाटामा थियो । अमेरिकी डलरमा १८ करोड ५९ लाख शोधानान्तर घाटामा छ । अघिल्लो वर्ष २ महिनामा ८० करोड ९ लाख घाटामा थियो ।