October 21st, 2022

मुलुक र अर्थतन्त्रमा कसैले पनि राजनीतिकरण नगरौं:

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले निर्वाचनको पूर्वसन्ध्यामा मुलुक र अर्थतन्त्रका सन्दर्भमा कसैले पनि राजनीतिकरण गर्न नहुने बताउनुभएको छ ।बजेटले लिएको मुख्य लक्ष्य आन्तरिक उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्न वित्तीय क्षेत्रको कर्जा त्यसतर्फ केन्द्रित हुनुपर्नेमा रहेको भन्दै उहाँले त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

अर्थमन्त्री शर्माले बिहीबार मुलुकको आर्थिक अवस्था, बैंकको व्याजदर र वित्तीय लागत न्यूनीकरणलगायतका विषयमा प्राप्त सुझाव कार्यान्वयनका सम्बन्धमा विभिन्न सरोकारवालासँग छलफल गर्नुभयो । छलफलमा अर्थमन्त्री शर्माले पछिल्लो समय अर्थतन्त्रमा परेको दबावलाई सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले निजी क्षेत्रले उठाएका सवालमा सरकार गम्भीर भएको र सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो । तरलता र वित्तीय लागत न्यूनिकरण लगायतका विषयमा अध्ययन गर्न बनेको सुझाव समितिले दिएका सुझावहरूलाई सबैले ग्रहण गरेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । कतिपय सुधारका कुरा गर्नैपर्ने परिस्थिति भएको र त्यसलाई सुधार नगरिए बजेट कार्यान्वयनमै असर पर्ने भन्दै उहाँले सबैलाई गम्भीर हुन आग्रह गर्नुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]