Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आइएमईको उत्सव अफर : सातौँ हप्ताको नतिजा घोषणा

२०७९ कार्तिक ४ गते

बैंकिङ खबर/ दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । संयुक्त अरब इमिरेट्स र मलेशियाबाट आइएमई मार्फत पैसा पठाउनुहुने विजेताद्वयले जनही रू. २५,००० (पच्चीस हजार) प्राप्त गर्नुहुनेछ ।

त्यस्तै सेवाग्राहीहरू गमबहादुर पुन, विष्णु बि.के., मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता राना मगर दैनिक विजेता छनोट हुनुभएको हो । उहाँहरू प्रत्येकले एक÷एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नुहुनेछ ।