Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

मदिरा आयात खुलाउन मन्त्रिपरिषद्‍मा प्रस्ताव

२०७९ कार्तिक ३ गते

बैंकिङ खबर/ प्रतिबन्धमा रहेको मदिराको आयात खुलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्‍मा प्रस्ताव लग्नुभएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा व्यवसायीको माग र मुख्य पर्यटकीय सिजनमा यसबाट पर्ने असरबारे छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि होटेल व्यवसायीले मदिराको आयात खुलाउने वातावरण बनाउन माग गर्दै आएका थिए । मन्त्री श्रेष्ठले पर्यटनको मुख्य सिजन भएकाले यसमा विचार गर्नु पर्छ भन्ने प्रस्ताव गरेको जानकारी दिनुभयो ।