Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

आयल निगमले मूल्य घट्दा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएन

२०७९ कार्तिक २ गते

 बैंकिङ खबर/ नेपाल आयल निगमले मूल्य घट्दा पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको छैन । पछिल्लो ५ पटकसम्म आयल निगमले घटेको मूल्य नघटाइ विक्रि गर्दै आएको छ । निगमले इण्डियन आयल कर्पोरेशनसँग प्रशोधित पेट्रोलियम पदार्थ किनेर नेपालमा बेच्दै आएको छ । स्वचालित मूल्य प्रणालीअनुसार मूल्य निर्धारण गर्नुपर्ने नियम छ । प्रत्येक १५–१५ दिनमा इण्डियन आयल कर्पोरेशनले निगमलाई अन्तर्राष्ट्रिय बजारमा हुने घटबढ अनुसार नयाँ मूल्यसूची पठाउने गर्दछ । निगमले पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ९ रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर ३८ रुपैयाँ नाफा लिएर बिक्रि गरी मूल्य समायोजन नगरी १५ दिनको अवधिमा १ अर्ब १४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।