Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

पहिलो त्रैमासः चालु खर्च २२३ अर्ब, पूँजीगत १९ अर्ब

२०७९ कार्तिक १ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म साढे १५ प्रतिशत बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म कुल २ खर्ब ७८ अर्ब १६ करोड रुपैयाँ बजेट खर्च भएको छ । पहिलो त्रैमासमा भएको यो खर्च चालु आवमा सरकारले विनियोजन गरेको १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको १५.५१ प्रतिशत बराबर हो ।

नजिकिएको निर्वाचन र चाडबाडका कारण सरकारको चालु खर्चमा उच्च चाप देखिएको छ । असोज महिनामा मात्र १ खर्ब १५ अर्ब रुपैयाँ चालु प्रकृतिको खर्च भएको छ । असोज मसान्तसम्म १ अर्ब ८ अर्ब रुपैयाँ मात्र भएको चालु खर्च असोजमा २ खर्ब २३ अर्ब ७५ करोड पुगेको महालेखाको तथ्यांकमा उल्लेख छ । चालु खर्च कुल लक्ष्यको १८.९१ प्रतिशत भएको छ ।

पूँजीगत खर्चको गति भने साविकमा जस्तै सुस्त देखिएको छ । यद्यपि असोज महिनामा अघिल्लो महिनाको तुलनामा पूँजीगत खर्चमा समेत केही सुधार देखिन्छ । असोज मसान्तसम्म पूँजीगत खर्च १९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । भदौ मसान्तसम्म पूँजीगत खर्च मात्र ५ अर्ब ८६ करोड रहेको थियो । एक महिनामा १३ अर्ब ८२ करोड रुपैयाँ बराबरको खर्च भएको छ ।

असोजसम्मको पूँजीगत खर्चको प्रगति मात्र ५.१७ प्रतिशत हो । यस वर्ष सरकारले ३ खर्ब ८० अर्ब रुपैयाँ पूँजीगत खर्चको लक्ष्य लिएको छ ।
असोज मसान्तसम्म वित्तीय व्यवस्थामा ३४ अर्ब ७३ करोड रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको १५.०९ प्रतिशत हो । वित्तीय व्यवस्थामा सरकारले २ खर्ब ३० अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।