Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लाभांश पारित गर्न कुमारी बैंकको वार्षिक साधारणसभा : यस्ता छन् अन्य अजेण्डा

२०७९ आश्विन ३१ गते

बैंकिङ खबर/ बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो कात्तिक २१ गते आयोजना गर्ने निर्णय गरेको हो।

सभा काठमाडौंको नक्सालस्थित कुमारी बैंकमा बिहान ११ बजेबाट हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९ का लागि सञ्चालक समितिबाट प्रस्तावित चुक्तापुजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गर्नेछ।

सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न, गाभिने वा प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण काम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

बैंकको सहायक कम्पनी कुमारी क्यापिटलको गत आर्थिक वर्षको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण छलफल गरी सभाले अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले आउँदो कात्तिक १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यद्यपि एनसीसी बैंकसँगको मर्जर प्रयोजनका लागि कुमारी बैंकको गत असोज ११ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ।

यसर्थ, असोज ११ गतेभन्दा अघिसम्म सेयर कारोबार भई प्रचलित नियमानुसारको समयावधिभित्र बैंकको सेयर रजिस्ट्रार कुमार क्यापिटलमा आउँदो कात्तिक १४ गतेभित्र सेयरधनी दर्ता किताबमा दाखिल खारेज नामसारी भई सेयर कायम रहेका सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।