Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंक निक्षेप हिनामिनाको आरोपः दुई ग्राहक सेवा केन्द्र बन्द

२०७९ आश्विन २९ गते

बैंकिङ खबर/ ग्राहकको निक्षेप हिनामिना गरेको आरोप लागेपछि माछापुच्छ्रे बैंकले रुपन्देहीका आफ्ना २ वटा ग्राहक सेवा केन्द्र बन्द गराएको छ । एक सूचना जारी गर्दै बैंकले जिल्लाको सम्मरीमाई गाउँपालिका(५ रोहिनीहवामा र लुम्बिनी सांस्कृतिक नगरपालिका २ मुजहानाका शाखारहित ग्राहक सेवा केन्द्र बन्द गरेको जनाएको छ।

सेवाग्राहीलाई बैंकमा रकम जम्मा गरेको भौचर दिई खातामा रकम नै जम्मा नगरेको पाइएपछि आन्दोलन सुरु भएको थियो । विभिन्न व्यक्तिबाट बुझिलिएको रकम रियल टाइममा जम्मा हुने र सिष्टममार्फत भौचर प्रिन्ट भई निक्षेपकर्तालाई त्यही भौचर दिनुपर्नेमा बैंकका सेवा केन्द्रका प्रतिनिधिहरुले हस्तलिखित भौचर दिने गरेका थिए ।

बैंकको अनलाइन सिष्टममार्फत रकम जम्मा नगरी आफैँ राख्ने गरेको समाचार आएपछि निरीक्षण गरिएको माछापुच्छ्रे बैंकले जनाएको छ ।बैंकले ग्राहक सेवाकेन्द्रका प्रतिनिधिहरु निरन्जन पाठक र सिकेन्दर ठाकुरबाट काममा कैफियत भेटिएकाले सेवा केन्द्र बन्द गरेको जानकारी दिएको हो। २ जनाविरुद्ध बैंकले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी समेत गरिसकेको छ । विभिन्न व्यक्तिबाट रकम लिएर आफैँ खाएको उनीहरुले स्वीकार गरेको बैंकले जनाएको छ ।