बैंकिङ खबर/ प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले राष्ट्रपतिको हातबाट दशैंको टीका लगाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली सहित विशिष्ट व्यक्तिहरुलाई राष्ट्रपतिले टिका लगाईदिएकी हुन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पनि राष्ट्रपतिसँग दशैंको टीका लगाएका छन् । प्रभु ग्रुपका अध्यक्ष सहित आर्थिक क्षेत्रका अन्य विशिष्ट व्यक्तिहरुले पनि राष्ट्रपतिसँग दशैंको टीका लगाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैंको टीका ग्रहण गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार टिकाको दिन व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधारणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम थियो ।


