Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल लाइफको कल सेन्टर दशैंको विदाको समयमा पनि सञ्चालनमा रहने

२०७९ आश्विन १४ गते

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर सुविधा जारी राख्ने भएको छ। कम्पनीले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्नेछ। 

ग्राहकहरुले यस इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, ह्वाट्सएप, भाइबरमार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन्। यसबाट ग्राहकहरु लाभान्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ।  देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूर्ण सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।