
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले नोटलाई जतनसाथ प्रयोग गर्न सबैलाई अनुरोध गरेको छ । नोट सभ्यताको प्रतिक र हाम्रो सम्पति भएकोले बैंकले सबैलाई यसको जतनसाथ प्रयोग गर्ने अनुरोध गरेको हो ।
राष्ट्र बैंकले नोटको जतन गर्न सधैँ मनिब्यागको प्रयोग गर्न र भुक्तानीहरु गर्दा सकेसम्म विद्युतिय माध्यम प्रयोग गर्न सुझाव दिएको छ ।
यस्तै नोटमा केरमेट गर्ने, मैला पार्ने, स्टिच हानेर नोटको आयु घटाउने काम बन्द गर्ने राष्ट्र बैंकले अनुरोध गरेको छ । यसैगरी धार्मिक कामहरुमा पनि नोटमा रङ, पानी, दुध र रगत नपार्ने बरु त्यसको सट्टा खाममा पैसा हालेर दिने काम गर्न राष्ट्र बैंकले सुझाव दिएको छ ।


