Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकद्वारा ३५ दिनभित्र ऋण चुक्ता गर्न बिरुवा कन्स्ट्रक्सनलाई निर्देशन

२०७९ आश्विन १३ गते


बैंकिङ खबर/ राष्ट्रिय वाणिज्य बैंकले बिरुवा कन्स्ट्रक्सनलाई ३५ दिनभित्र सबै ऋण चुक्ता गर्न निर्देशन दिएको छ । बैंकले बिहीबार बिजनेवि सार्वजनिक सूचना जारी गरी सावाँ, ब्याज र अन्य सबै दस्तुर ३५ दिनभित्र चुक्ता गर्न भनेको हो । अन्यथा धितो लिलाम गर्ने सूचनामा उल्लेख छ ।

बिरुवा कन्स्ट्रक्सनका शेयरधनीहरुमा काठमाडौं महानगरपालिका वडा नं. ३४ नयाँबानेश्वरस्थित बिरुवा कन्स्ट्रक्सनमा धनकुटा–६ घर भई हाल काठमाडौं–३४ का सुवित श्रेष्ठ, दोलखाको चरिकोट–४ घर भई हाल काठमाडौं–३४ का बालकृष्ण थापा र रामेछाप घर भई हाल काठमाडौं–१० का पेम्बा लामा शेर्पा छन् ।

रुपन्देहीको रूपन्देहीको बुटवल–बेलहिया सडक, पाँचथरको तमोर करिडोर, बेनी–जोमसोम–कोरला सडकखण्ड लगायतका थुप्रै निर्माण क्षेत्रमा बिरुवा कन्स्ट्रक्सनले काम गरेको थियो ।