Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बेष्ट फाइनान्सको १८ औं शाखा इटहरीमा

२०७९ आश्विन १२ गते


बैंकिङ खबर/ काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सुनसरी जिल्लाको ईटहरी चोकमा आफ्नो १८ औं शाखा संचालनमा ल्याएको छ ।

इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरी बैंकिङ कारोवार शुभारम्भ गरिएको फाइनान्सले बताएको छ ।

उद्घाटन कार्यक्रममा इटहरी क्षेत्रका प्रतिष्ठित ब्यापारी, ब्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । फाइनान्सले निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा संजाल बिस्तार गरी सातै प्रदेशमा आप्mनो उपस्थिति हुने योजना रहेको जनाएको छ । साथै, आउदा दिनहरुमा देशका विभिन्न स्थानहरुमा आवश्यकता र माग बमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको छ ।