Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको सन्देशमूलक दसैं भिडियो ‘मामाघर’ सार्वजनिक(भिडियोसहित)

२०७९ आश्विन १२ गते

बैंकिङ खबर/ नेपाल बैंक लिमिटेडले दशैंको अवसरमा सन्देशमूलक भिडियो ‘मामाघर’ सार्वजनिक गरेको छ। दसैंमा बालबच्चाहरुको मामाघर प्रतिको मोह तथा बाल मनोविज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्वहरुमा दिदीभाई दाजुबहिनीहरुको माया ममता तथा सम्झनालाइ समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ।

करिब ३ मिनेटको यो भिडियोमा छोरीको बुद्दिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट सम्भव भएको छ भने दसैंमा मामाघरमा गएर टिका लगाउन पनि छोरी सफल भएको देखिन्छ।

सानो छँदाको दिदीभाइको माया स्नेह बिबाहपछि विस्तार कम हुँदै गई दुरी बढ्दै जाने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको यथार्थपरक चित्रण गर्दै दिदीभाइ तथा दाजुबहिनीको माया सधैं प्रगाढ रहिरहनुपर्ने सन्देश समेत भिडियोले दिएको छ।

त्यसैगरी डिजिटल बैंकिङको प्रयोगलाई प्रवर्द्धन गर्ने मनसाय समेत भिडियोमा देखिएको छ। नेपाल बैंकले आफ्नो आधिकारिक फेसबुक पेज र युट्युबमार्फत यो भिडियो सार्वजनिक गरेको छ।