Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

२०७९ आश्विन ११ गते

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेड र मकवानपुरको हेटौँडास्थित चुरे हिल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका तर्फबाट हेटौँडा शाखा कार्यालय प्रमुख अशोकप्रताप साह र चुरे हिल हस्पिटलका तर्फबाट प्रशासनिक प्रमुख रवीन्द्रकुमार थापाले हस्ताक्षर गर्नुभएको छ। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले चुरे हिल हस्पिटलद्वारा सञ्चालित (आईसीयू) बाहेकका सम्पूर्ण सेवामा १५ प्रतिशतका साथै फार्मेसी औषधी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्नेछन्।

सम्झौताअन्तर्गत प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले चुरे हिल हस्पिटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ।