Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

२ महिनामा पौने ३ खर्बको वस्तु आयात

२०७९ आश्विन ९ गते

बैंकिङ खबर/ सरकारले आयातमा कडाइ गरेपनि दुई महिनामा नेपालले पौने तीन खर्बको वस्तु आयात गरेको छ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपालले दुई खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात गरेको भन्सार विभागको तथ्यांक छ ।

गत वर्षको सोही अवधिमा नेपालले तीन खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँको आयात गरेको थियो । जसमा गत वर्षको तुलनामा यो वर्ष १३ प्रतिशतले आयात घटेको छ । तर, साउनको तुलनमा भदौमा आयात बढेको छ ।

विभागको तथ्याङ्अनुसार दुई महिनाको अवधिमा नेपालले २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । नेपालले दुई महिनाको अवधिमा ३ खर्ब २ अर्ब २८ करोड ८९ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । जुन १५ दशमलब ७० प्रतिशतले कमी हो ।

नेपालले दुई महिनाको अवधिमै दुई खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । चालु आवमा ९ दशमलब ४५ प्रतिशतले कम व्यापारघाटा व्यहोरेको तथ्यांकले उल्लेख गर्छ ।