Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एन आइ सी एशिया बैंकको मोबाईल बैंकिङ्ग एप मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरू

२०७९ आश्विन ७ गते

बैंकिङ खबर/ एन आइ सी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाईल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन् ।

मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाईल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने बिकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने छन् । साथै एन आइ सी एशिया बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ एन आइ सी एसिया मोबैंक एप डाउनलोड गरि लाईट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्ने छन् ।

यो सुबिधा सुरु भएसंगै एन आइ सी एशिया बैंकको मोबाईल बैंकिङ्ग सेवामा नया आयाम थपिएको छ । साथै स्मार्ट क्युआर मार्फत भुक्तानी लिने ब्यबसायीलाई पनि एन आइ सी एशिया बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्तासँग भुक्तानी लिन सहज भएको छ ।