पुष्करराज जोशी (सिईओ)
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड वि.सं २०६७ साल असोज ७ गते स्थापना भएको हो । यस लघुवित्तले ६३ जिल्लाहरुमा १ सय ५२ वटा शाखामार्फत ग्राहकलाई सेवा पुर्याउँदै आइरहेको छ ।
लघुवित्तको चुक्ता पुँजी ५४ करोड १२ लाख रहेको छ । लघुुवित्तले ९ अर्ब रकमको कर्जा लगानी गरेको छ । २ अर्ब ७० करोड संस्थामा निक्षेप रहेको छ । ७ सय २५ जना कर्मचारी रहेका छन् । १ लाख ५० हजार ग्राहक सदस्यहरु रहेका छन् । ६६ हजार कर्जा उपभोग गर्ने ऋणी सदस्यहरु रहेका छन् ।
डिजिटलाइजेशनमा पनि अग्रणी
नेपाल राष्ट्र बैंकले डिजिटलाइजेशनलाई बढाउँदै लगेकोछ । लघुवित्त संस्थाहरुले पनि डिजिटलाइजेशनलाई फड्को मारिसकेको अवस्था छ । मिर्मिरे लघुवित्तले मोबाइल बैंकिङ प्रणाली लागु गरिसकेको छ । संस्थाको धेरै कामहरु डिजिटलाइजेशनमा नै हुने गर्दछ । कर्जा लगानी तथा कर्जा स्वीकृति गर्ने जस्ता कामहरु पनि अनलाइनमार्फत हुने गर्दछ । आईटी क्षेत्रमा मिर्मिरे लघुवित्त अगाडि नै रहेको छ ।
युवा र महिलाहरुलाई स्वरोजगार
लघुवित्तको मुख्य उद्देश्य भनेकै युवा र महिलाहरुलाई स्वरोजगार बनाउने हो । लघुवित्तले कृषि कर्जा, उद्यमी तथा स्वरोजगार कर्जा वितरण गर्दै आएको छ । त्यस्तै विदेशमा सीप सिकेर आएका युवाहरुले नेपालमा केही गर्छु भन्नेहरुलाई बिजनेश स्टार्टअप गर्नेहरुलाई पनि ऋण प्रदान गरिँदै आएको छ । लघुवित्तले ठूलो रकमको कर्जा प्रवाह नगरी नेपाल राष्ट्र बैंकले तोकेकोे निश्चित सीमाभित्र रहेर ऋण प्रवाह गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकको निर्दैशनअनुसार लघुवित्तले योजनाहरु बनाउने हो । यस मिर्मिरे लघुवित्तको मुख्य योजना भनेको मिर्मिरे लघुवित्तलाई कसरी अगाडि बढाउने र मिर्मिरे लघुवित्तलाई लघुवित्त क्षेत्रको सबैभन्दा राम्रो संस्थाको रुपमा स्थापित गर्ने साथै गुणस्तरीय सेवा शैली प्रदान गर्ने भन्ने रहेको छ ।
लघुवित्त संस्थाहरुलाई चाहिने भनेको न्यून लागतमा फण्ड व्यवस्थापन भएमा राम्रो हुने थियो । अहिले लघुवित्त संस्थाहरुले १४,१५,१६ प्रतिशत तिरेर लगानी गर्नुपरेको अवस्था छ । वाणिज्य बैंकले १७.१८ प्रतिशत ब्याज पुर्याएको अवस्था छ तर लघुवित्तले बढीमा १५ प्रतिशत मात्रै ब्याज लिइरहेको छ ।
मिर्मिरे लघुवित्तको खराब कर्जा विगतको वर्षमा भन्दा २०७९ असार मसान्तमा घटेर १.५५ प्रतिशत रहेको छ । मिर्मिरे लघुवित्त १२ वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गर्न लागेको छ । मिर्मिरे लघुवित्तले १२ वर्षसम्म वित्तीय सेवा प्रदान गर्दै आएको छ । आउँदो वर्षमा अझ उत्कृष्ट र परिष्कृत रुपमा वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्वता गरेको छ ।
(सिईओ जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश)