Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंक र बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि. बीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

२०७९ आश्विन ५ गते

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेड र कलैंया स्थित बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट कलैंया शाखा कार्यालय प्रमुख मुकेश प्रसाद गुप्ता र बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि. का तर्फबाट अध्यक्ष किरण विक्रम शाहद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि.द्धारा सञ्चालित “लजिङ्ग” सेवामा र “फुड” (रु २००० माथीको अर्डर) सेवामा ५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत बरेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, रेवा दरबार होटल एण्ड ब्याङ्क्वीट प्रा.लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।