Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंक र डिप्रोक्स लघुवित्त पुरस्कृत

२०७९ आश्विन ४ गते

बैंकिङ खबर/निक्षेप तथा कर्जा सुरक्षण कोषले राष्ट्रिय वाणिज्य बैंक र डिप्रोक्स लघुवित्त वित्तीय संस्थालाई पुरस्कृत गरेको छ । कोषले सबैभन्दा बढी निक्षेप सुरक्षण गर्ने राष्ट्रिय वाणिज्य बैंक र सबैभन्दा बढी कर्जा सरक्षण गरेको छ ।

कोषका अनुसार गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी निक्षेपतर्फ बढी प्रिमियम बुझाएको छ । समीक्षा अवधिमा बैंकले ७३ अर्ब रुपैयाँ निझेप सुरक्षण गरि १२ करोड प्रिमियम बुझाएको छ ।

त्यस्तै, सबैभन्दा बढी कर्जा सुरक्षण गरेको डिप्रोक्स लघुवित्तले १८ अर्ब सुरक्षण गरी ३ करोड ६४ लाख प्रिमियम बुझाएको कोषले जानकारी गराएको छ । कोषले आफ्नो ४९औं वार्षिकोत्सवको अवसरमा दई संस्थालाई सम्मान गरेको हो ।