
बैंकिङ खबर/ गरिमा विकास बैंकले संविधान दिवसका दिन आफ्नो सबै १२० शाखा कार्यालय र १ एक्सटेन्सन काउन्टरबाट वृहत वित्तिय साक्षरता एवं घरदैलो कार्यक्रम तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
यी कार्यक्रम अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत एवं सम्पूर्ण विभागीय प्रमुखलगायत १ हजार कर्मचारीमार्फत देशभर करिब ५० हजवार ग्राहकलाई विभिन्न बैकिङ सेवा प्रदान गरिएको छ।
आउँदै गरेको चाडपर्वलाई ध्यानमा राख्दै पैसाको रेखदेख कसरी गर्ने, सामाजिक सञ्जालबाट हुने सम्भावित ठगीबाट कसरी बच्ने, बचत गर्नुका फाइदाहरुलगायतका विषयहरुबारेमा सूचना सम्प्रेषण गरिएको थियो। यसका साथै बैंक खाता खोल्न इच्छुक ग्राहकलाई ग्राहकका घरआँगनमै बैंक खाता खोलिएको थियो।
हाल बैैंकले देशभर १२० शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर एवं ५१ एटीएममार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ। यसका साथै बैंकले डिजिटल बैकिङअन्तर्गत गरिमा डिजी बटुवा, इन्टरनेट बैंकिङ, भिजा डेबिट कार्ड, अनलाइन बैंक खातामार्फत पनि सेवा दिँदै आइरहेको छ।



