Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंजमा

२०७९ भाद्र २९ गते

बैंकिङ खबर/ कमलादी काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १७ औं शाखा संचालनमा ल्याएको छ । मधेश प्रदेशको पहिलो शाखाको रुपमा वीरगंजको घण्टाघर लिङ्करोडमा फाइनान्सले १७ औं शाखा संचालनमा ल्याइ वित्तीय कारोवारको शुभारम्भ गरेको हो ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गर्नुभएको हो । शाखा उद्घाटन कार्यक्रममा वीरगंजका प्रतिष्ठित ब्यापारी, ब्यवसायी, उद्योगी लगायत सामाजका अगुवा तथा समाजसेवीहरुको उपस्थितिमा रहेको थियो ।

यहि आसोज भित्र १८ औं शाखाको रुपमा सुनसरी जिल्लाको ईटहरीमा शाखा खोलिनुका साथै निकट भविष्यमा सुर्खेत र धनगढीमा समेत शाखा संजाल बिस्तार गरी देशको सातै प्रदेशमा आप्mनो शाखा संजाल पुर्याउने फाइनान्सले जनाएको छ । साथै, आउँदा दिनहरुमा देशका बिभिन्न स्थानहरुमा आवश्यकता र माग बमोजिम शाखा खोल्दै लगिने संस्थाको लक्ष्य रहेको बताइएको छ ।