
बैंकिङ खबर/ गृह मन्त्रालयले हालसम्म सात जना मिटरब्याजीविरुद्व मुद्दा दर्ता गरेको छ । मन्त्रालयका सहसचिव डा. भिष्मकुमार भुसालले यही भदौ ७ देखि २६ गते सम्ममा ७ जना मिटरब्याजीलाई अदालतमा मुद्दा दायर गरिएको र ७ जनामाथि अनुसन्धान भैरहेको जनाएका छन्। यही अवधिमा ५९ जना मिटरब्याज पीडित मिटरब्याजीबाट मुक्त भएका छन्।


