Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

हिमालयन बैंक ‘टीएससीएफपी अवार्ड–२०२२’बाट सम्मानित

२०७९ भाद्र २७ गते

बैंकिङ खबर/ हिमालयन बैंक लिमिटेड ‘टीएससीएफपी अवार्ड २०२२–लिडिङ बैंक इन नेपाल’ बाट सम्मानित भएको छ। एसियाली विकास बैंक (एडीबी) ले हिमालयन बैंकले उक्त अवार्डबाट सम्मानित गरेको हो।

एडीबीले हिमालयन बैंकलाई बैंकले एसिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सलाई प्रवर्द्धन गर्न खेलेको प्रभावकारी भूमिकाको सम्मानस्वरुप उक्त अवार्ड प्रदान गरेको हो।

हिमालयन बैंकका तर्फबाट सहायक महाप्रबन्धक सतीशराज जोशीले एडीबीद्वारा गत सेप्टेम्बर ६ मा सिंगापुरमा आयोजित ट्रेड फाइनान्स प्रोग्राम अवार्ड समारोहमा उक्त अवार्ड ग्रहण गर्नुभएको थियो ।