Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सामाजिक उत्तरदायित्व बहनमा अब्बल नेपाल एसबिआई बैंक

२०७९ भाद्र २४ गते

बैंकिङ खबर/ नेपालका बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको नेपाल एसबिआई बैंक सामाजिक उत्तरदायित्व बहनमा पनि अब्बल रहेको छ । बैंकले विगत देखि नै विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । 

बैंकले हालै मात्र अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर, सिरहा जिल्लाको फुलवरिया वडा नं ७ मा रहेको जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुल झोला प्रदान गरेको छ । बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत
लामो समय देखी गर्दै आइरहेको छ ।

बैंकले लिएको यस्तो पहलबाट विपन्न परिवारमा सरकारले शिक्षा क्षेत्रमा लिएका विद्यार्थी भर्ना र विद्यार्थीले स्कुल नछोड्ने कार्यक्रममा सघाउ पुग्ने विश्वास लिएको छ। नेपाल एसबिआई बैंकका प्रदेश कार्यालयका प्रमुख लेखनाथ पोख्रेलले विद्यार्थीहरुलाई झोला वितरण गर्नुभएको थियो ।

सोही कार्यक्रममा उपस्थित अभिभावकहरु बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा सम्बन्धि वित्तीय साक्षरता समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रममा बैकका मिर्चैया शाखा प्रवन्धक सन्दीप उपाध्याय तथा बैकका अन्य कर्मचारी र सोहि वडाका वडा अध्यक्ष राम दयाल ठाकूर लगायत सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजू रैका मगर तथा विद्यालयका विद्यार्थीका अभिभावकहरुको उपस्थिति रहेको थियो ।

नाफा कमाउन सफल बैंक नेपाल एसबिआई बैंकको नाफा ७० प्रतिशतले बढेर एक अर्ब ६३ करोड ८२ लाख पुगेको छ ।  गत वर्ष बैंकले उक्त नाफा कमाउन सफल भएको हो । बैंकले ९१ शाखा, २१ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, ९ शाखारहित बैंकिङ सेवा, १२९ एटीएमर १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।