
बैंकिङ खबर/ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले देशको अर्थतन्त्र स्वस्थ नरहेको बताउनुभएको छ । कार्यभार सम्हालेको ५ महिनाको अवधिमा गरेको कार्य सार्वजनिक गर्दै मन्त्री बडूले देशको अर्थतन्त्र विविध कारणले गर्दा समस्या आएको बताउनुभयो ।
मन्त्री बडूले कोरोना र रूस युक्रेनबीचको द्वन्द्वले गर्दा उद्योगहरू शिथिल बनाएको बताउनुभयो । पछिल्लो समय आयात उच्च बढेको छ भने निर्यात अपेक्षाअनुसार हुन नसकेको उहाँले बताउनुभयो ।
त्यसैले सरकारले चालु आर्थिक वर्षमा उत्पादनलाई जोड दिनका लागि विभिन्न कार्य अगाडि बढाएको उहाँको भनाइ छ ।
त्यस्तै, सरकारले यो वर्षदेखि बन्द भएका रूग्ण उद्योग सञ्चालनका लागि आवश्यक ऐन, कानुन, कार्यविधि , नियमावलीको कार्य अगाडि बढाएको उहाँले बताउनुभयो ।
सरकारले उत्पादन बढाउनका लागि सुस्त गतिमा चलेका उद्योग पूर्णरूपमा सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।



