Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सेवा विस्तारसम्बन्धी सम्झौता

२०७९ भाद्र २३ गते

बैंकिङ खबर/ प्रभु बैंक लिमिटेड र डिश मिडिया नेटवर्क लि।काबीच विभिन्न सेवाहरुमा थप सुविधा र छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

प्रभु बैंक लि.को बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र डिश मिडिया नेटवर्कका तर्फबाट सेल्स् विभागका प्रमुख रमेश सापकोटाले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

प्रभु बैंक र डिश मिडिया नेटवर्कबीच सम्पन्न उक्त सम्झौता अनुसार प्रभु बैंकका ग्राहकले डिश होम टीभी र डिश होम फाइबर नेटको सेवामा थप सुविधा प्राप्त गर्ने भएका छन्।

यस्तै, डिश मिडिया नेटवर्कका सम्पूर्ण कर्मचारी, डिलर तथा ग्राहकहरुले प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गर्दा बैंकले प्रदान गर्ने बिभिन्न सेवा तथा सुविधामा आकर्षक छुट प्राप्त गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

यस सम्झौताबाट बैंकका निक्षेपकर्ताहरु तथा डिश मिडियाका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ।