September 8th, 2022

प्रभु क्यापिटलले आफ्नो हितग्राही ग्राहकको लागि विशेष छूट अफर ल्याएको छ।

बैंकिङ खबर/ क्यापिटलमा डिम्याट खाता खोली सेवा लिइरहेका हितग्राही ग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले बियोन्ड फिट प्राइभेट लिमिटेड (गोल्ड्स जिम)सँग सम्झौता गरेको हो।

भदौ १९ गते आइतबार भएको उक्त छुट सम्झौतापछि प्रभु क्यापिटलका हितग्राहीले डिम्याट खातावालाले गोल्ड जिमबाट सेवा लिँदा ३० प्रतिशत छुट पाउने भएका छन्।

एकल वा जोडी जुनसुकै सदस्यता लिई वार्षिक, अर्धवार्षिक, त्रैमासिक वा मासिक रुपमा सेवा लिँदा सो छुट पाउने प्रभु क्यापिटलले जनाएको छ।

यो योजनाबाट लाभ लिन हितग्राहीले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनुपर्नेछ। यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौताको मितिदेखि तीन महिनासम्म लिन सक्नेछन्।

अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको यो गोल्ड जिमको स्थापना १९६५ मा सेन्टर भेनिस, क्यालिफोर्नियामा भएको हो । यसले आफ्नो फिटनेस प्रोफाइल विश्वको धेरै स्थानमा विस्तार गरेको छ । विश्वभरका सेलिब्रेटीहरू, एथलीटसहरू, बडीबिल्डरहरू, सैनिक लगायत फिटनेस मन पराउनेहरुको यो मनपर्ने जिम बनेको छ ।

नेपालमा समेत भैंसेपाटी कम्पलेक्स (दोस्रो तल्ला), एकान्तकुना–टीकाभैरव रोडमा रहेको यसको फ्रेन्चाईजमा अत्याधुनिक उपकरणहरुबाट व्यक्तिगत प्रशिक्षण, सामूिहक व्यायाम, कार्डियो, स्पिनिङ र योगलगायत सबै नवीनतम सेवाहरू प्रदान गरिने जनाईएको छ ।

नेपाली पूँजी बजारमा भिडियो केवाइसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]