September 7th, 2022

बैंकिङ कसूर मुद्दाः फरार अभियुक्त पक्राउ

बैंकिङ खबर/ बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ घर भई हाल काठमाडौंको सामाखुसीमा बस्दै आइरहेका २९ वर्षीय पुरूषोत्तम अधिकारी रहेका छन् ।

अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]