
बैंकिङ खबर/ नेपाल बैंकर्स संघ (एनबीए) को कर्णाली प्रदेश समितिले जाजरकोटको खलंगामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्थासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।
एनबीएको कर्णाली प्रदेश समितिका संयोजक राजनकुमार पोखरेलको अध्यक्षतामा मंगलबार भएको कार्यक्रममा अतिथिका रुपमा प्रदेश सांसद गणेशप्रसाद सिंह, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश प्रमुख विनय सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख कालिबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही, बीमा समिति कर्णाली कार्यालय प्रमुख पदम सोडारी, बैंकका प्रतिनिधि र स्थानीयको उपस्थिति थियो।
कार्यक्रममा संयोजक पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमपश्चात सहभागीले उपरोक्त कार्यक्रम प्रभावकारी तथा जानकारीमूलक भएको र भविष्यमा समेत पुनः यस प्रकारका कार्यक्रमहरु आयोजना गर्न सुझाव पेस गरेका थिए।


