Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषकमाझ एनएमबि बैंक सुनवल

२०७९ भाद्र २१ गते

बैंकिङ खबर/ एनएमबि बैंक सुनवल शाखाले सुनवल क्षेत्रका कृषकसँग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सुनवल( बडेरा क्षेत्रका पशुपन्छि पालन तथा कृषक समुहमा आवद्ध किसानहरुलाइ बैंकिङ्ग सम्बन्धि शिक्षा प्रदान गरेको हो ।

एनएमबि बैंक सुनवल शाखाका प्रबन्धक अर्जुन ज्ञवालीले बित्तीय साक्षरता सम्बन्धि सहजीकरण गर्नुभएको थियो। उहाँले कृषि उद्दमशिलता, कृषि योजना, त्यसको वित्तीय ब्यवस्थापन र बजारको सम्भावना र दिगो संचालनको बारेमा प्रकाश पार्नुभएको थियो । साथै बैंकको महत्त्व र दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, फ्रड र फ्रडबाट सुरक्षित रहने उपाय तथा एनएमबि बैंकमा भिडियो कल माफर्त खाता खोलिने सुबिधा, शेयरकारोबार, नारी बचत खाता, इन्भेस्टर सेविङ्ग खाता, डबल मुद्दती खाता तथा बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवाको बारे अभिमुखीकरण गर्नुभएको थियो ।

कार्यक्रममा पशुपन्छि पालन तथा कृषक समुहका अध्यक्ष गङ्गाराम गैरेले एनएमबि बैंक सुनवल शाखाले आफुहरुमाझ निकै राम्रो र उपयोगी कार्यक्रम ल्याएकोमा धन्यवाद ज्ञापन गर्दै सिकेको कुरा ब्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
समुहमा करिब १०० जनाको सन्लग्नता रहेको सदस्य कृष्ण पाण्डेले जानकारी दिनुभयो ।

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।