
बैंकिङ खबर/ काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले आउँदै गरेको इन्द्र जात्राका लागि ५० हजार मुल्य बराबरको १०० थान टिसर्ट प्रदान गरेको छ ।
बेष्टफाइनान्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत फाइनान्सको लोगो अंकित उक्त टिर्सटहरु सहयोग गरेको हो । आइतबार एक कार्यक्रमका बीच बेष्ट फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले मचा साँस्कृतिक पुचः, मरुध्वाका १९ काठमाडौंका अध्यक्ष अनिता महर्जनलाई सो सामग्री प्रदान गरेका थिए ।


