
बैंकिङ खबर/ भाद्र ५ गते बसेको संचालक समितिको २९८ औं बैठकले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल थप ४ वर्षका लागि नयाँ कार्यकालको शुभारम्भ भएको छ ।
साथैं ग्राहक माहानुभावहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं आजबाट SHANGRILA CUSTOMER CARE शुभारम्भ गरी ग्राहक महानुभावहरुको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने ब्यवस्था मिलाएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।




