Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंक र दराजबीच ‘दसैँ धमाका महोत्सव’का लागि सम्झौता

२०७९ भाद्र १९ गते

बैंकिङ खबर/ नबिल बैंक र दराजबीच ‘दराज दसैँ धमाका’ महोत्सवका लागि सम्झौता भएको छ। नबिलले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दसैँलाई ध्यानमा राखी यही भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ।

दराज दसैँ धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु. २ हजारसम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु. २ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्नका लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ।

दराज दसैँ धमाकाका लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गर्नुभएको थियो । रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैँमा एउटा उत्सव भएको र आफ्ना ग्राहकलाई आउँदै गरेको दसैँको शुभकामना रहेको बताउनुभयो ।

यस महोत्सवले दराज साथै नबिल कार्डवाहकमाझ छुट्टै उत्साह थपिने कुरामा आफू विश्वस्त रहेको दराजका अरुण फुयालले बताउनुभयो ।

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो। यसका देशभरि २३३ शाखा र २६९ एटीएम काउनटर छन्। नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुआत गर्न अग्रणी भूमिका खेलेको छ।

देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको छ। यसका साथै नबिलले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाका रुपमा काम गर्दै आएको छ।

बैंकले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैंकिङ युगको सुरुआत गर्दै आफ्नोे व्यवसायलाई ग्राहकको उच्च सन्तुष्टि प्रदान गर्नेतर्फ केन्द्रित गरेको छ।