Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

डिजेल र मट्टितेलको मूल्यमा वृद्धि

२०७९ भाद्र १६ गते

बैंकिङ खबर/ नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ । पेट्रोल, हवाई सन्धन र एपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ ।