Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसुरः फरार ६१ वर्षीय शाही पक्राउ

२०७९ भाद्र १६ गते

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंको बिजुली बजारबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको सुर्यविनायक नगरपालिका–६ बस्ने ६१ वर्षीय सिताराम शाही छन् । बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले २०७९ असार ६ मा उनलाई १६ लाख १९ हजार जरिवाना तथा ४ दिन कैद सजाय ठहर गरेको थियो ।

फैसलापछि फरार शाहीलाई पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।