September 30th, 2016

ग्रामीण विकास बैंकको सीईओमा ‘पर्वतकुमार कार्की’

parbat-kumar-karkiग्रामीण विकास बैंकले नेपाल राष्ट्र बैंकका क्याडर पर्वतकुमार कार्कीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । पाँच वटा ग्रामिण विकास बैंक मर्ज भएर बनेको बैंकले पहिलो पटक खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । बैंकले उनलाई आगामी चार बर्षका लागि नियुक्त गरेको हो । 
 
कार्की नेपाल राष्ट्र बैंकको निर्देशकबाट अवकास भएका थिए । ग्रामिण बैंकिङमा समेत विज्ञता राख्ने कार्कीले अष्ट्रेलियाको ग्रिप्थ युनिभर्सिटीमा समेत अध्ययन गरेका हुन् । कार्की उदयपुरका स्थायी वासिन्दा हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]