
बैंकिङ खबर/ ऋण असुली पुनरावेदन न्यायाधीकरणमा आर्थिक वर्ष २०७८/७९ मा १६ वटा मुद्दा दर्ता भएका छन् । न्यायाधीकरणको तथ्यांक अनुसार गत आवमा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ मुद्दा परेका हुन् । जसमध्ये नौं वटा मुद्दा अघिल्लो आवमा फैसला हुन नसकेका मुद्दा हुन् ।
ऋण असुली पुनरावेदन न्यायाधीकरणका अनुसार यस अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाका १४ करोड ६६ लाख ९५ हजार ५८३ रुपैयाँ बराबरको विगो दावी सहित १७ वटा मुद्दा दर्ता भएका छन् । जसमा वाणिज्य बैंकका मात्र १२ वटा र ४ वटा विकास बैंकका रहेका छन् ।
उक्त अवधिमा मुद्दा दर्ता भएका बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंकका २ वटा, माछापुच्छ्रे बैंकका एउटा, ग्लोबल आईएमई बैंकका २ वटा, प्रभु बैंकका ४ वटा, एभरेष्ट बैंकका एक वटा, नबिल बैंकको एउटा र सिभिल बैंकको एउटा मुद्दा परेको हो ।
त्यस्तै, विकास बैंक तर्फ लुम्बिनी विकास बैंकको दुई वटा र महालक्ष्मी विकास बैंकका दुई वटा मुद्दा परेको हुन् । यस अवधिमा महालक्ष्मी विकास बैंकका ४४ लाख २० हजार ३६३ रुपैयाँ विगो दावी सहितको मुद्दा परेको हो ।
त्यसैगरी, वाणिज्य बैैंक तर्फ माछापुच्छ्रे बैंकको २७ करोड १७ लाख रुपैयाँ बराबरको एउटा मुद्दा परेको हो । त्यस्तै, प्रभु बैंकको १ करोड ८५ लाख रुपैयाँ बराबरको ४ वटा, ग्लोबल आईएमई बैंकको ४ करोड ७८ लाख ९३ हजार ४६१ रुपैयाँ बराबरको दुई वटा र सिभिल र्बैंकको ७ करोड २९ लाख ५८ हजार रुपैयाँ विगो दावीसहित मुद्दापरेको न्यायाधीकरणले जनाएको छ ।



