Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

अर्थमन्त्री प्रकरणः बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश नगरेको निष्कर्ष(पूर्णपाठ)

२०७९ श्रावण १३ गते

बैंकिङ खबर/ तत्कालीन अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।

बिहीबार प्रतिवेदन लेखन कार्य पूरा भएपछि समितिले शुक्रबार दिउँसो समिति सभापति लक्ष्मणलाल कर्णले सभामुख सापकोटालाई बुझाउनुभएको हो ।

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष छानबिन समितिले अनधिकृत व्यक्तिले बजेटमा करको दर हेरफेर गरेको पुष्टि नभएको निष्कर्ष निकालेको छ।

सिसिटिभी फुटेज र कर्मचारीहरूसँगको बयान लिँदा जेठ १४ गते अनधिकृत व्यक्तिको अर्थ मन्त्रालयमा प्रवेश पुष्टि नभएकाले उनको संलग्नतामा करका दर हेरफेर भएको पुष्टि नहुने समितिको ठहर छ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिनुभएको थियो।

समितिले बुझाएको प्रतिवेदनको पूर्णपाठ

Ad