June 21st, 2022

अमेरिकन चेम्बर अफ कमर्सको प्रगति बैठक सम्पन्न

बैंकिङ खबर/ नेपालमा रहेको अमेरिकन चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरूका लागि काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्ष अजित शाहले नोभेम्बरमा एमच्यामको औपचारिक स्थापनादेखि हालसम्मका उपलब्धिहरूबारे चर्चा गरेका थिए ।

चेम्बरमा अहिले २८ सदस्यसहित तीन समितिहरु छन् । समितिहरू निर्धारण गर्न एमच्यामले सदस्य र सम्भावित सदस्यहरू बीच सर्वेक्षण गरेको थियो । प्रतिक्रियाको आधारमा समितिहरूलाई वकालत र नीति, अर्थ र नेटवर्किङमा विभाजन गरिएको थियो ।

समितिले अब विभिन्न समस्याहरूलाई सम्बोधन गर्न र अमेरिकी र नेपाली कम्पनीहरू बीचको सम्बन्धलाई सहज बनाउन काम गर्नेछ जसले गर्दा स्थानीय कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँग काम गर्दै आफ्नो व्यवसाय विस्तार गर्न र अमेरिकी कम्पनीहरूलाई नेपालमा लगानी गर्ने अवसरहरूबारे चेतना अभिवृद्धि गर्न सक्नेछन् । अमेरिकन चेम्बर अफ कमर्स नेपालमा सञ्चालित अमेरिकी व्यापारिक संस्थाहरूको एक संगठन हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]